काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सांसदको समर्थन प्राप्त भएको छ । प्रतिनिधिसभाका तत्काल कायम रहेका २ सय ७१ सांसदमध्ये २४९ मात्र मत दिनेबेलामा उपस्थित थिए । २४९ सांसदले मतदानमा भाग लिएकोमा १६५ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । देउवाको विपक्षमा ८३ मत प्राप्त भएको छ । १ सांसद तटस्थ बसेका छन् ।
देउवालाई नेपाली कांग्रेसका ६२, नेकपा माओवादीका ४९, जसपाका ३२ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरी १४३ सांसदले विश्वासको मत दिने निश्चित थियो । जसपाको उपेन्द्र यादव समूहका १७ सांसदले मत दिने निश्चित भइसकेको थियो । आइतबार साँझ महन्थ ठाकुर पक्षले पनि मत दिने निर्णय गरेको थियो ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सहित उनको समूहका २३ सांसदहरुले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । माधव नेपाल समूहका २३ सांसदले पार्टीको निर्णयबिपरीत फ्लोरक्रस गरी मत दिएका हुन् । देउवालाई मत दिनेमा मत दिनेमा ओली पक्षका सांसदहरु पनि छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend