Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेससँग जीतमा शालिनता र हारलाई शान साथ स्वीकार गर्ने शक्ति छ


    आइतबार, साउन ३ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपाली कांग्रेससँग जीतमा पनि शालिनता देखाउने र हारलाई पनि शानका साथ स्वीकार गर्ने शक्ति भएकाे बताएका छन् ।

    पुनःस्थापित प्रतिनिधि सभाको बैठकमा बोल्दै रिजालले कांग्रेसले जीत नपाएको दिन संविधान भत्काउने काम नगर्ने बताए ।

    उनले भने, ‘नेपाली कांग्रेस बिपीको पार्टी हो। कांग्रेसले जीतमा शालिनता देखाउँछ, हारलाई पनि शान साथ स्वीकार्छ, यो चरित्र हो कांग्रेसको।कांग्रेसले जीत नपाएको दिन संविधान भत्काउँदैन ।’

    केपी ओली नेतृत्वको सरकारले आफूसँग दुई तिहाई छ, जे गरेपछि हुन्छ भन्ने सोच‍ेको उनले बताए ।

    उनले भने, ‘हामीसँग दुई तिहाई छ जे गरे पनि हुन्छ भन्ने सोचियो। अदालतले प्रधानमन्त्री नियुक्त गरेको होइन। मिलेमतोमा पदीय मर्यादा बिर्सेर काम गर्नेलाई नेपालमा संविधान छ भनेर सिकाएको हो ।’

    अदालतको फैसलाबाट संविधानवाद विजयी भएको उनले बताए ।

    हिजो प्रचण्ड र माधव नेपालको अनुहार देखाएर दुई तिहाईं ल्याएको तर अहिले उनीहरुलाई अपमानित गरिएको उनको भनाइ छ। तर कांग्रेसले सबैलाई साथ लिएर अघि बढ्ने उनले बताए ।

    ओली सरकारले नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गरेको उनले बताए। अब सत्ता कसरी चल्नुपर्छ भनेर नेपाली जनताले देख्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार