काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आज ठाकुर पक्षलाई विश्वासको मत माग्दै पत्र लेखेपछि ठाकुर पक्षले मत दिने भएका हुन् ।
सांसद उमाशंकर अरगरियाका अनुसार प्रधानमन्त्री देउवाले ठाकुर पक्ष माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिएपछि उनीहरूले विश्वासकाे मत दिने भएका हुन् ।