Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाले ठाकुर पक्षसँग विश्वासको मत माग्दै यस्ताे पत्र लेखे


    आइतबार, साउन ३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् ।

    आज प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेको ठाकुरनिकट स्रोतले जानकारी दिएको छ ।

    संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त देउवाले आइतबार विश्वासको मत लिंदैछन् । 

    यसअघि जसपाको उपेन्द्र यादव पक्षले भने १९ जना सांसदहरुको नामावली तयार पार्दै प्रधानमन्त्री देउवालाई बिस्वासको मत हाल्ने निर्णय गरिसकेकाे छ ।

    Deuwa-Letter.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार