Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवालाई भोट हाल्न हेलिकप्टर चढेर काठमाडौं आए गगन


    आइतबार, साउन ३ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि पोखराबाट सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आउँदै छन् ।

    कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि काठमाडौं आउँदै छन् ।

    थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीका अनुसार पोखराबाट पृथ्वीराजमार्ग हुँदै काठमाडौं आइरहे पनि पहिरोका कारण उनी हेलिकप्टरमार्फत् काठमाडौं आएका हुन् ।

    आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार