Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता यादवद्वारा पार्टी कार्यालयमा आमरण अनशन


    आइतबार, साउन ३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । क्रियाशील सदस्यता वितरणमा धाँदली भएको भन्दै नेपाली कांग्रेसका नेता डा. चन्द्रमोहन यादव पार्टी कार्यालय, सानेपामा आमरण अनसन बसेका छन् ।

    यादवसहित कांग्रेसका नेता रामपल्टन साह र दिनेश नायकले आइतबार विहान साढे ११ बजेदेखि अनसन थालेका हुन् ।

    धनुषा जिल्लाको क्षेत्र नम्बर १ र ४ को क्रियाशील सदस्यता वितरणमा धाँदली भएकाे भन्दै उनीहरु अनसन बसेका हुन् ।

    जिल्ला छानविन समितिले सर्वसम्मत रुपमा बनाएको प्रतिवेदन लागू हुनुपर्ने आफूहरुको माग रहेको डा. यादवले बताए । उनी भन्छन्, ‘यसलाई वाइपास गर्ने वा केन्द्रका दुई–चार जना बसेर निर्णय गर्नु भएन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार