Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • भीम आचार्यकाे दावी: हतारहतार विश्वासको मत लिनु भनेको एमाले फुटाउने षड्यन्त्र हाे


    आइतबार, साउन ३ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेका सचिव भीम आचार्यले नेकपा एमालेलाई फुटाउने षड्यन्त्र भएकाे बताएका छन् । 

    १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीको एकता जोगाउनुपर्ने निष्कर्षमा पुगेको समयमा हतारहतार विश्वासको मत लिनु भनेको एमाले फुटाउने षड्यन्त्र भएको आचार्यको भनाइ छ।

    ‘विश्वासको मत लिन हतार गर्न के जरूरी छ? एक महिनामा विश्वासको मत लिए हुन्छ चार दिनमा के हतार?,’ आचार्यले भने, ‘त्यो एमालेलाई विभाजित गर्ने कुश्चित षड्यन्त्र अन्तर्गत सबचिज भएको छ, यो एमाले फुटाउने षड्यन्त्र हो।’

    आचार्य वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् । उनले विश्वासको मतका पक्ष वा विपक्षमा मत दिनेबारे पार्टीमा वा आफ्नो समूहमा छलफल नभएको दाबी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार