Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दिल्लीबाटै झलनाथको अपिल- देउवालाई विश्वासको मत दिऔं


    आइतबार, साउन ३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले देउवालाई विश्वासको मत दिन दिल्लीबाटै अपिल गरेका छन् । 

    उचारकाक्रमा दिल्ली गएका खनालले एक वक्तव्य जारी गर्दै आफ्नो मत पनि देउवा सरकारकै पक्षमा रहेकाे समेत स्पष्ट पारेका छन् ।

    ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले वक्तव्यमा भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’  विज्ञप्तीमा उल्लेख छ । 

    खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । खनालले आफ्नो स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पनि जानकारी दिएका छन् ।

    210732284_519420836149982_6761721479130462506_n_Ev04Fxt88m.jpg212401051_516203296294781_5931697980647460337_n_FrG9xUZzRM.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार