काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् ।
संसद सचिवालय स्रोतका अनुसार आज पहिलाे पटक बस्न लागेकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेका हुन ।
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भएकाे छ ।
आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताउँदै नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेकाे हाे ।
प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिवेला देउवासँग कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । एमालेको नेपाल समूहका सांसदले विश्वासको मत दिने भएपछि देउवाको पक्षमा स्पष्ट बहुमत देखिन्छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि देउवाले विश्वासको मत पाउन् भन्नेमा देखिन्छन् । देउवाले विश्वासको मत नपाए मुलुक निर्वाचनमा जाने र अहिले एमालेको अवस्था कमजोर रहेकाले पनि वर्तमान सरकारले विश्वासको मत पाओस् भन्नेमा ओली देखिएका छन् ।
भलै एमालेको संस्थापन पक्षले विश्वासको मत नदिने भए पनि नेपाल समूहले दिएमा ओलीलाई भित्रि रुपमा आपत्ति नरहेको एक नेताले जानकारी दिए ।
देउवाले विश्वासको मत पाएपछिको डेढ वर्ष मुलुक निर्वाचनमा जाने छैन र यस अवधिमा प्रशस्त चलखेल गर्न समय पुग्ने आंकलनसहित ओलीले देउवा सरकारले विश्वासको मत पाओस् भन्ने इच्छा राखेका हुन् ।
यसबीचमा देउवा सरकारको कमिकमजोरी केलाएर जनतामाझ आलोचित बनाउने पक्षमा ओली रहेका छन् ।
देउवा सरकारले विश्वासको मत पाओस् भन्नकै लागि पनि ओलीले अहिले नेपाल समूहलाई सहमति नल्याएको तर्क पनि सुनिन थालिएको छ । नेपाल समूहलाई चिढियाएर देउवा सरकारलाई विश्वासको मत दिने गरी ओलीले कुटिल चाल चलेको पनि एमालेभित्र कुराकानी हुन थालेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend