Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवासँग बहुमत, नेपाल पक्षले विश्वासको मत दिने


    आइतबार, साउन ३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि आन्तरिक छलफलमा जुटेको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरेकाे छ । 

    आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताउँदै नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेकाे हाे ।

    हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने ।

    त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । 

    नेता माधव नेपाल पक्षले विश्वासको मत दिने भएसँगै प्रधानमन्त्री देउवाको पक्षमा स्पष्ट बहुमत छ ।

    प्रतिनिधि सभामा विश्वासको मत पाउन देउवालाई कुल १ सय ३६ सांसदको समर्थन चाहिने हुन्छ । यतिवेला देउवासँग कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।  एमालेको नेपाल समूहका  सांसदले विश्वासको मत दिने भएपछि देउवाको पक्षमा स्पष्ट बहुमत देखिन्छ । 

    प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमा एमालेका २३ जना थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार