Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जसपाकाे आन्तरिक विवाद टुंग्याउन आज आयोगको इजलासमा बहस हुँदै


    आइतबार, साउन ३ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक विवाद टुंग्याउन आज निर्वाचन आयोगले गठन गरेको इजलास बस्दैछ ।

    इजलास बिहान ११ बजे बस्ने छ । पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ ।जसपामा आधिकारिता विवाद चुलिँदै गएपछि आयोगले इजलास गठन गरेको हो ।

    इजलासमा पक्ष विपक्ष बीचको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्नेछ । 

    जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिनेछ । जसपाको उपेन्द्र–बाबुराम र महन्थ–राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार