Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी एकता जोगाउन आग्रह गर्दै एमाले वार्ता टोली नेपाल निवास कोटेश्वरमा


    आइतबार, साउन ३ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न विघटित वार्ता टोलीका नेताहरु कोटेश्वर पुगेका छन् ।

    शनिवार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका दुवै पक्षका वार्ताकार नेताहरु आज पार्टी एकता जोगाउन आग्रह गर्दै नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

    कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार पार्टी एकताबारे नेता नेपालसँग छलफल गरिने वार्ता टोलीका एक सदस्यले बताए ।

    वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायत नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार