Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली सरकारले ११ मुलुकका लागि गरेको राजदूत नियुक्ति देउवा सरकारद्वारा रद्द


    आइतबार, साउन ३ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारद्धारा सिफारिस गरिएका ११ मुलुकका राजदूत नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ।

    परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सम्बन्धित मुलुकहरुमा परराष्ट्र मन्त्रालयले पत्राचार गरिसकेको भएता पनि त्यसलाई रद्द गर्ने निर्णय गरेको हो।

    ५ सदस्यीय शेरबहादुर देउवा सरकारले गरेको यो पहिलो महत्वपूर्ण निर्णय हो ।  

    यसअघि ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवन प्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौललाई नियुक्त  गर्ने निर्णय गरेको थियो। 

    यस्तै, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत तोकिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार