Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची


    आइतबार, साउन ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

    सर्वोच्च अदालतको आदेशबाट  पुनर्स्थापित भएको प्रतिनिधिसभाकाे आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भएकाे छ । 

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

    आइतबारकाे बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने भएकाे छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार