काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसदीय दल र कार्यकारिणी समिति दुवैको बहुमतबाट सरकारमा सहभागी हुने निर्णय गराएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षकोे शनिबार बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले देउवा सरकारमा सहभागी हुने निर्णय गरेको हो । जसको पुष्टि जसपाका सांसद मोहम्मद इस्तियाक राईले गरेका छन् । पार्टीका तत्काल कायम ३२ सांसदमध्ये २० जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको राईले बताएका छन् । उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दा सम्बोधन गर्नेगरी जसपा सरकारमा सहभागी हुन लागेको हो ।
सर्वोच्च अदालतको आदेशले पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । जुन बैठकमा जसपा सत्तापक्षको बेन्चमा बस्ने भएको छ । जसपाको संसदीय दलको शनिबारको बैठकमा प्रतिनिधिसभाका १७ र राष्ट्रियसभाका ३ सांसद सहभागी भएको जनाइएको छ । जसपाले देउवा सरकारमा ८ मन्त्रालय मागेको छ ।
यसअघि जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूह ओली सरकारमा ११ मन्त्रालय सहित सहभागी भएको थियो । राजपा र समाजवादी पार्टी एकीकरण्ण भई २०७७ बैशाख १० मा जसपा बनेको थियो । ओली सरकारमा जाने ठाकुरले निर्णय गर्दा तत्कालीन समाजवादीका ५ सांसद उनीतिर लागेका थिए । अहिले राजपाका ६ सांसद देउवा सरकारमा जानका लागि उपेन्द्र यादवतिर लागेको समाचार सार्वजनिक भएको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend