काठमडौं । प्रदेश २ को सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोले केपी ओलीको संसद बिघटन गर्ने कार्यलाई समर्थन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले प्रदेश २ मा पनि मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
ठाकुर–महतो पक्षका मन्त्रीलाई हटाएर मुख्यमन्त्री लालबाबु राउतले नेकपा माओवादीको कोटाबाट आज १ मन्त्री र १ राज्यमन्त्री थपेका छन् ।
यसअघि नेपाली कांग्रेसबाट ३ मन्त्री नियुक्त भइसकेका छन् । माओवादीबाट भरत साहलाई आन्तरिक मामिला र सञ्चार र सोही मन्त्रालयमा रुवी कर्णलाई राज्यमन्त्री बनाइएको छ । उनीहरुलाई आजै मुख्यमन्त्री राउतले सपथ खुवाएका छन् । प्रदेश प्रमुख राजेश झाले आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरत साहलाई सपथ खुवाएका थिए । राज्यमन्त्री रुबी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ख्वाएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच केन्द्रमा रहेको गठबन्धनलाई प्रदेशमा निरन्तरता दिने सहमति भएको छ । जुन सहमति अनुसार माओवादीबाट १ मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend