Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • जसपाका पाँच सांसदले छाडे ठाकुर समूह, संसदीय दलमा यादवकाे बहुमत


    शनिबार, साउन २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)काे महन्थ ठाकुर पक्षमा रहेका पाँच सांसदहरू उपेन्द्र यादव पक्षमा लागेका छन् । 

    प्रतिनिधिसभा पुनस्थापनासँगै उनीहरू ठाकुर पक्ष छाडेर शनिबार यादव पक्षको बैठकमा सहभागी भएका हुन् ।

    स्राेतका अनुसार  प्रतिनिधि सभाका सांसदहरू अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाज मिकरानीले ठाकुरको साथ छाडेका छन् । 

    पाँच सांसद थपिएपछि जसपा संसदीय दलमा उपेन्द्र यादव पक्षको बहुमत पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार