काठमाडाैं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा रहेका केही स्थायी कमिटीका नेताहरूबीच अनौपचारिक छलफल भएको छ।
छलफलले पार्टी एकतालाई जोगाउन १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि जाने निष्कर्ष निकालेकाे छ ।
पार्टीमा भएकाे १० बुँदे सहमति पत्र पार्टी अध्यक्ष ओली र पार्टीका अर्का शीर्ष नेता माधव नेपाललाई बुझाएकाे बताउदै १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टीलाई एकतावद्ध बनाउन सकिने नेता सुवासचन्द्र नेम्वाङले बताए ।
‘पार्टीभित्र विभिन्न प्रकारका मत छन्। अदालतले जे फैसला गर्यो त्यसले धेरै कुरा भत्काएको छ। त्यसलाई मान्दै अगाडि बढ्छौं भन्ने निष्कर्ष हो । हामीले आपसमा छलफल गर्यौं । १० बुँदेबाटै एकतामा पुगिन्छ भन्ने निष्कर्ष हो,’ उनले भने ।
बैठकपछि कुरा गर्दै नेता गोकर्ण विष्टले विगतका कुराहरूतिर फर्किन आफू नचाहेको भन्दै १० बुँदे सहमतिमा रहेर पार्टी एकतालाई कसरी जोगाउने र जिम्मेवारपूर्ण भूमिका खेल्ने भन्नेमा अनौपचारिक छलफल भएको बताए ।
त्यही १० बुँदे सहमतिलाई स्थायी कमिटीबाटअनुमोदन गरिएको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend