काठमाडौं । शुक्रबार बिहान ललितपुरमा बसेको एमाले स्थायी समितिको बैठकले विवाद समाधान कार्यदल भंग गरिसकेपछि पुनः एकता वार्ता सुरु भएको छ । पूर्व कार्यदलका सदस्यहरु पुनः पार्टी एकताका लागि वार्तामा जुटेका छन् । विवाद समाधान सम्बन्धी कार्यादलका पूर्व सदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोटमा गएको दिन बरिष्ठ नेता माधवकुमार नेपाल र उनको पक्षमा लागेका २३ जनालाई गद्दार भन्दै उनीहरुलाई पार्टीमा आउन नदिने भाषण गरेको ३ दिनमै एमालेमा एकताका लागि वार्ता सुरु भएको छ । बार्दली सभाबाट अध्यक्ष ओलील महेश बस्नेतको स्कर्टिङ टोलीलाई सम्बोधन गर्दा बरिष्ठ नेता नेपालप्रति अति क्षु्द्र टिप्पणी गरेका थिए । बस्नेतको टोलीले बालकोटमा माधव नेपाललाई कालोमोसो दल्ने भन्दै कोटेश्वरमा पुतला दहन गरेको थियो । त्यही दिन ताप्लेजुङका क्षितिज थेवेको अध्यक्षतामा युथफोर्स गठन गरी माधव नेपालमाथि आक्रमण समेत गर्ने सूचना प्रहरीले पाएपछि उनको घर कोटेश्वर वरिपरि थप सुरक्षा बढाइएको थियो ।
ओलीले बार्दली सभाबाट माधव नेपालप्रति अति नै तल्लोस्तरमा उत्रिएर उनलाई एमालेमा कुनै स्थान नरहेको तर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जना आत्मालोचना गरेर आउँछन् भने सोच्न सकिने उत्तेजक भाषण गरेका थिए ।
यसरी शीर्ष नेतृत्वबीच तिक्त सम्बन्धका कारण कार्यदलले हस्ताक्षर गरेको विवाद समाधानका १० बुँदा अर्थहीन भएका थिए । तर कार्यदलले जुटाएको त्यो सहमति पालना गराउने र एमालेमा एकता कायम गराउने दिशामा पुनः एमालेका दोस्रो तहका नेता जुटेका छन् ।
अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वी सुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend