Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीमा फर्किन खोजेका गोपाल किराँती किन रोकिए ?


    शनिबार, साउन २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(माओवादी केन्द्र) र एमालेको एकतापछि अलग्गै पार्टी खोलेका गोपाल किराँतीलाई पार्टीमा प्रवेश गराउन नारायणकाजी श्रेष्ठ बाधक बनेका छन् । ‘प्रचण्ड’ सँग वार्ता गरी किराँती माओवादीमा फर्किने निश्चित भइसकेको थियो । तर माओवादी प्रवक्ता नारायणकाजीले प्रचण्डलाई किराँती जातिवादी भएकाले पार्टीमा ल्याउनै नहुने भन्दै बिरोध गरेपछि रोकिन पुगेको छ । माओवादीका एक नेताका अनुसार नारायणकाजीले किराँतीलाई माओवादीमा ल्याउँदा झन् अप्ठेरो पर्ने भनेपछि प्रचण्ड रोकिन पुगेका हुन् । 

    नारायणकाजीकै बिरोधका कारण माओवादीमा आउनबाट रोकिएका किराँतीले एमालेसँग एकता गरेपछि अर्कै चुल्होचौका खडा गरेका थिए । किराँतीले नेकपा माओवादी केन्द्र नै दर्ता गरेका थिए । 

    नेकपाको एकीकरण खारेज भएसँगै साविक नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा जाने भएपछि गोपाल किराँती नेतृत्वको माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपरेको थियो । किराँती जनयुद्धकालमा खम्बुवान मुक्तिमोर्चाबाट माओवादीमा प्रवेश गरेका थिए । उनी जातीयताको चर्को वकालत गर्नेभित्र पर्दछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार