Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ओलीले नियुक्ति गरेका महान्यायाधीवक्तालाई सपथ खुवाउने, देउवाले नियुक्त गरेकालाई किन नखुवाउने ?


    शनिबार, साउन २ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार महान्यायाधीवक्ता खम्बबहादुर खातीलाई सपथग्रहण गराउनका लागि समय दिन अस्वीकार गरेको समाचार सार्वजनिक भयो । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका महान्यायाधीवक्ता खातीलाई सपथ खुवाउन राष्ट्रपति कार्यालयले समय नदिएको समाचार शुक्रबार भाइरल भयो ।  शुक्रबारै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै सर्वोच्च अदालतमा खातीलाई सपथ गराएका छन् ।

    महान्यायाधीवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले सपथ खुवाउने प्रचलन रहिआएको छ । ३ महिनाअघि २०७७ चैत २२ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका महान्यायाधीवक्ता रमेश बडाललाई राष्ट्रपतिकै उपस्थितिमा सपथ खुवाइएको थियो । तर ३ महिनापछि देउवाले नियुक्त गरेका महान्यायाधीवक्तालाई राष्ट्रपतिले सपथ खुवाउन नमानेको भनी आलोचना समेत भएको छ । गएको चैतमा पनि कोरोना संक्रमणको दर अहिलेकै जस्तो थियो, तर त्यतिबेला सपथ खुवाएकी राष्ट्रपति भण्डारीले अहिले नखुवाएपछि उनीमाथि प्रश्न भने उठेको छ ।

    badal.jpg

     देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको बिषयमा सुरुमै सरकारसँग राष्ट्रपति भण्डारीले टसल गर्न खोजेकी थिइनु्, शुक्रबार महान्यायाधीवक्ताको सपथ नखुवाएपछि यो बिषयमा झन् बढी चर्चा भयो । राष्ट्रपतिले देउवा सरकारलाई असहयोग गर्न खोजेको अर्थ लगाउने मौका दियो । सपथ विवाद धेरै नै उछालिएपछि राष्ट्रपति कार्यालयले शुक्रबार साँझ कोभिडका कारण सामाजिक दूरी कायम गर्नका लागि महान्यायाधीवक्ता, सर्वोच्चका न्यायाधीशको सपथ प्रधानन्यायाधीशले नै खुवाउनका लागि सूचना निकालेको भनी खण्डन गरेको छ ।

    महान्यायाधीवक्ता राष्ट्रपति र सरकार दुबैका कानुनी सल्लाहकार हुन् । महान्यायाधीवक्ताको सपथमा राष्ट्रपति उपपस्थित हुनैपर्ने ब्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार