काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको करिब आधा घण्टापछि बैठक रोक्न माग गर्दै बैठक स्थल पुगेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षकाे आग्रह एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।
ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै नेपाल पक्षका नेताहरू बैठक स्थल पुगेका थिए ।
बैठकस्थल नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न ओलीलाई आग्रह पनि ओलीले बैठक नरोक्ने अडान दोहोर्याउँदै बैठक जारी राखेपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका छन् ।
बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिएका छन ।
‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक कक्षभित्र प्रवेश गरेर हामीले हाम्रो कुरा राख्यौ’, रावलले भने, तर उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्रै कुरा राख्न निर्देशन दिएको बताए । ‘कार्यदलले जे सहमति गरेको छ, तदनुरूप बैठक बस्नुपर्छ । एमाले एकता खण्डित गर्नुहुँदैन, राष्ट्र अप्ठेरोमा छ यस्तो अवस्थामा एकता अघि बढाउन गम्भीर रूपमा सोच्नुस्, स्वयं पार्टी अध्यक्षले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले थप जटिलता थपेको छ हाम्रो यस्तो आग्रहमा ओलीले बैठक जारी राख्ने निर्देशन दिनुभयो’, रावलले जानकारी दिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend