Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थायी कमिटी बैठक रोक्न माग गर्दै माधव नेपाल पक्ष बैठकस्थलमा


    शुक्रबार, साउन १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएकाे छ । 

    बैठक सुरु भएको करिब आधा घण्टापछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु बैठक रोक्न आग्रह गर्दै बैठक स्थल पुगेका छन् ।

    माधव पक्षका कार्यदलका संयोजक भीम रावलले बैठक रोक्न आग्रह गर्न बैठक स्थलमा उपस्थित भएकाे बताएका छन् ।  रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक रोक्नु बैठक हलमा प्रवेश गरेका छन् ।

    बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार