Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थायी कमिटी बैठकमा बाेल्दै ओलीले भने- न्याय पाउने ठाउँबाट नै हामीहरूमाथि अन्याय भयो


    शुक्रबार, साउन १ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएकाे छ । 

    नेपाल समूहका नेताहरु नआउँदै ओलीपक्षले बैठक सुरु गरेकाे छ ।

    शुक्रबार स्थायी कमिटी बैठक सुरू गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि अन्याय भएको बताएका छन् । 

    ‘हामीमाथि अन्याय भएको छ । तर हामी आवेश र उत्तेजनामा नआई जनतामा जानुपर्छ’, ओलीले भने, ‘यो जनादेशले बनेको सरकार होइन, परमादेशले बनेको सरकार हो । हामी जनादेशबाट सरकारबाट बाहिरिनु परेको होइन । परमादेशबाट हो । न्याय पाउने ठाउँबाट हामीमाथि अन्याय भयो ।’

    अध्यक्ष ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए । सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएपछि ओलीले न्याय पाउने ठाउँबाटै आफूहरूमाथि अन्याय भएको बताएका हुन् ।

    एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ ।

    आजको बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन गर्ने, सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे छलफल हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार