Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई हिटलर प्रवृतिको संज्ञा दिँदै बाबुरामले भने – अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो !


    शुक्रबार, साउन १ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हिटलरसँग तुलना गरेका छन्। 

    यसअघि पनि ओली प्रवृति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो भएको र अन्त्यमा पत्तासाप भएको उदाहरण दिँदै आएका पूर्वप्रधानमन्त्री भट्टराईले पुन : यसपटक पनि उही उदाहरण प्रस्तुत गरेका हुन्। 

    आज बिहान सामाजिक संजालमार्फत् अध्यक्ष भट्टराईले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ भन्दै ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी भएको बताएका छन्। 

    ‘कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो ! ‘भट्टराईले ट्वीटरमा लेखेका छन् ।  

    अध्यक्ष भट्टराईले घुमारो पारामा हिट्लरले आफ्नो अहमका कारण सपरिवार आत्महत्या गरेको स्मरण गर्दै ओलीलाई उदाहरण दिँदै उक्त हिटलरी प्रवृतिको संज्ञा दिएका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार