काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन् ।
बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले बोलाएको बताइएको छ।
दुईदिन अघिमात्र सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक बस्न लागेको हो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि बोलाइएको छ। यद्यपि असन्तुष्ट माधव पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
यसअघि १० बुँद्धे सहमति अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक स्थगित भएको थियो । यस्तै, आजै बिहानको स्थायी समिति बैठकपछि दिउँसो तीन बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ। दिउँसोको बैठकमा आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्ने बताइएको छ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend