Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मुख्यमन्त्री पोखरेल दिउँसो भागे, राति प्रदेश सभा अधिवेशन अन्त्य गरे


    शुक्रबार, साउन १ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले बजेट पास गर्न नसकेपछि प्रदेशसभाको अधिवेशन मध्य रातमा अन्त्य गरेको छ।

    लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री पोखरेलबाट अनुरोध भए अनुसार चालु आठौँ अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेको थियो।

    बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट उठेर हिडेका थिए। प्रमुख विपक्षी दल नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुले अल्पमतको सरकारले ल्याएको बजेट पारित नगर्ने अडान राखेका थिए। 

    ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन्।

    217503659_495245794873355_1542839623820651354_n.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार