काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ले असर पारेको समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको भेटवार्तामा आज उनले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र सुधारका विषयमा छलफल गर्दै कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई लयमा फर्काउन प्रयासरत रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई निर्धक्क काम गर्न अनुरोधसमेत गरे ।
महासङ्घका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन, तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न, बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।
अध्यक्ष गोल्छाले आफूहरुले दिएका सुझाव बजेटमा पनि समेटिएका, मौद्रिक नीतिका लागि पनि सुझाव दिएको र तीनको प्रभावकारी कार्यान्वयन चाहेको उल्लेख गर्दै त्यसमा सरकारबाट सहयोगको अपेक्षा गरेको बताए । महासङ्घको प्रतिनिधिमण्डलले आजै अर्थमन्त्री जनार्दन शर्मालाई पनि भेटेर आफ्ना माग र सुझावबारे ध्यानाकर्षण गराएको थियो ।
सो अवसरमा अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई खोपलगायत अन्य आवश्यक कार्यमा आफ्नोतर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका थिए । साथै उनले निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउँदै महासङ्घले दिएका सुझाव कार्यान्वयनमा सहयोग गर्ने र आगामी सहकार्यका लागि छिट्टै विस्तृत छलफल गर्ने आफ्नो योजना रहेको बताएका थिए । भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सङ्घई सहभागी थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend