Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध अनुसन्धान गर्न सर्वोच्चको अन्तरिम आदेश


    बिहिबार, असार ३१ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध अनुसन्धान अघि बढाउन अन्तरिम आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले श्रेष्ठविरुद्ध रुपा सुनारले दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन आदेश दिएको हो ।

    सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेकाे भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार