Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्वजनिक सवारीको भाडा वृद्धि फिर्ता नगरे आन्दोलन गर्ने पाँच विद्यार्थी संगठनको चेतावनी


    बिहिबार, असार ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गर्दै भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने भन्दै पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

    बिहीबार विज्ञप्ति निकाल्‍दै यातायातमा बढाएको भाडा फिर्ता गर्न माग गरेका पाँच विद्यार्थी संगठनले फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत पाँच विद्यार्थी संगठनले चेतावनी दिएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’ 

    सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा गर्ने घोषणा गरेका हुन् ।

    Five-student-union-release.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार