काठमाडौं । एमालेका सांसद प्रेम आलेले मन्त्री बन्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकन्ठ गएको समाचारमा सत्यता नभएको बताएका छन् ।
नेपाल फेससँग कुरा गर्दै सांसद आलेले भने–‘म ढाडको समस्याले बिरामी भएर कोटेश्वरस्थित घरमै आराम गरिरहेको छु । केही दिनदेखि घरबाट बाहिर नै म गएको छैन । तर देउवा निवास बुढानीलकन्ठमा गएको भ्रमपूर्ण समाचार प्रकाशित गरी मेरो चरित्रहत्या गरिएकोमा खेद प्रकट गर्दछु ।’

बुढानीलकन्ठमा मन्त्री खान गएको भन्ने कुराको खण्डन गर्दै आलेले २०७८ असार २१ मा ढाडको समस्याका कारण ब्लूक्रस अस्पतालमा परीक्षण गरी चिकित्सकको सल्लाहमा आराम गरिरहेको प्रेस्क्रिप्सन नै सामाजिक संजालमा राखेका छन् । आफू एमालेको सांसद भएको र पार्टीको हित बिरुद्ध लाग्ने कुरा सोच्न पनि नसक्ने बताए । आलेले बुढानीलकन्ठ गएको प्रमाण पेश गर्ने चुनौती दिएका छन् ।
मन्त्री बनाइदिन आग्रह गर्न सांसद आले देउवा निवासमा गएको समाचार केही अनलाइनले समाचार प्रकाशित गरेका छन् । आलेले आफूसँग ९ सांसद रहेको र मन्त्री बनाएमा फ्लोरक्रस गरी विश्वासको मत दिने प्रस्ताव गरेको समाचार भाइरल बनाइएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend