Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली पक्षका सांसद देउवालाई फकाउँदै, भने मलाई मन्त्री बनाइदिनु विश्वासको मत लिने बेला भोट हालाैंला


    बिहिबार, असार ३१ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको पक्षका सांसदहरू सत्ताकाे माेहमा क्याबिनेट परिवर्तन तिर लाग्न थालेका छन् ।

    यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको बूढानीलकण्ठ स्रोतले बताएकाे छ । 

    गोपनीयताका कारण उनको नाम भने ‘एक्स्पोज’ नगरिदिन बूढानीलकण्ठ स्रोतले आग्रह गरेकाे छ  । 

    देउवालाई विश्वासको मत दिने बेला ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भए पनि भोट हाल्न लगाउँने भन्दै उनले आफूलाई मन्त्री बनाउन माग गरेका हुन् ।

    ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका ती एमाले सांसद ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए ।

    प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार