काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका र स्तर निकै कमजोर रहेको बताउदै प्रतिष्ठित नागरिक वा अवकाश प्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले सो कुरा बताएका हुन् । भट्टराईले घुमाउरो पारामा विद्यालाई राष्ट्रपतिबाट हटाउनु पर्ने तर्क दिएका छन् । यद्यपि उनले विद्याको नाम भने उल्लेख गरेका छैनन् ।
गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका कमजोर रहेको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखिने बताएका छन् ।
उनले यदि त्यो नभएसम्मको अन्तरिम अवधिमा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउनुपर्ने होकी भन्दै प्रश्न गरेका छन् ।
गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका/स्तर निकै कमजोर/निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है!त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि?
— Baburam Bhattarai (@brb1954) July 14, 2021
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend