काठमाडौं । बुधबार निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास तामझामका साथ छाडेका छन् । बुधबार उनी आफ्नै निजी निवास बालकोट सरेका हुन् ।
ओलीले सरकारी निवास छोड्दै गर्दा उनको स्वागतमा एमाले कार्यकर्ताहरु बालुवाटारस्थित सरकारी निवासमा भेला भएका थिए । बालुवाटारमा ओलीको बिदाइका लागि उनका समर्थकको भिडभाड व्यवस्थापन गर्नु प्रहरीका लागि चुनौति बनेको थियो। ओलीलाई स्कर्टिङ गर्न सवारी साधनसहित बालुवाटार पुगेका ओलीका समर्थकको भिडभाडका कारण मुल सडकको सवारीलाई केही बेर रोकिएको थियो ।
बालुवाटारको गेटबाट ओली निस्केसँगै सुरु भएको झरीमा रुझ्दै उनको पक्षमा नारा शुरु भए- ‘केपी बा आइ लभ यू’, ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’। नारा सुनेर ओली भने दंग थिए । निस्कदै गर्दा गाडीको झ्यालको सिसा खोलेर ओलीले मुस्कान सहित समर्थकका लागि हात हल्लाए र बालुवाटारबाट बाहिरिएका थिए ।
अदालतको आदेशबाट अपदस्थ भएका ओलीले बाध्य भएर बालुवाटार छाडेको भए पनि समर्थकले भने ओलीको बहादुरी ठानिरहेका थिए। त्यसो त ओलीले बालुवाटार सजिलै छाडेका भने होइनन्। सर्वोच्च अदालतको आदेशले अपदस्थ भएपछि बाध्य भएर ओली बालुवाटरबाट ‘ब्याक’ हुनुपरेको हो।
एमाले नेता एवं ओलीनिकट मानिने नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने व्यवस्था मिलाएका थिए।
२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन्।




(फोटो : सूर्य थापाको फेसबुकबाट)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend