Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज, यस्ता छन् एजेण्डा


    बिहिबार, असार ३१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बताए। 

    पौडेलका अनुसार पार्टीको १४ औै महाधिवेशनको छलफलका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । बैठकमा पार्टीको महाधिवेशनको तयारीको विषयमा सम्बधित भएर छलफल हुने छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका तयारी गरिरहेको त्यस विषयमा नेताहरुबीच छलफल हुने मुख्य सचिव पौडेलले बताए ।

    साथै, निर्वाचन निर्देशिका निर्माण भइरहेको र त्यसमा केही कमिकमजोरी र विधानका विषयमा समस्या देखिए आजको पदाधिकारी बैठकमा छलफल हुने उनले जानकरी दिए  । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार