Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार अदालतमा हाजिर


    बुधबार, असार ३० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भ्रष्टाचारको अभियोग लमगेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  ललिता निवास जग्गा प्रकरणमा मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोग लगाउँदै डेढ वर्षअघि उनीविरूद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

    गच्छेदारसँगै पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलाई पनि मुद्दा दायर गरिएको थियो । श्रेष्ठ ५ हजार रुपैयाँ धरौटीमा छुनेका छन् भने जोशीलाई साधारण तारेखमा अदालतले छाडेको छ ।

    प्रतिवादीमध्ये तीन जना पूर्वसचिव थिए । उनीहरूमध्ये पूर्वसचिव दीप बस्न्यातलाई अदालतले थुनामा पठाएको थियो । पूर्वसचिवद्वय दिनेशहरी अधिकारी र छविराज पन्तलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

    ५० करोड भन्दा बढी बिगो माग दाबी गरिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनमबहादुर गुरुङलाई २ करोड धरौटीमा छाडिएको थियो । 

    गच्छदारलाई अदालतमा भ्रष्टाचार मुद्दा लागेपछि अहिले सांसद पदबाट निलम्बित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार