Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वामदेव र नारायणकाजीले छुट्टाछुट्टै भेटे माधव नेपाललाई, के बिषयमा छलफल भयाे ?


    बुधबार, असार ३० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका छन् । 

    बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । नेपालले दुबै जनासँग छुट्टाछुट्टै छलफल गरेका हुन् । 

    स्रोतका अनुसार नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको थियो ।

    गौतमसँग भने नेपालले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी गरेका थिए ।

    अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरूले आन्तरिक विवाद मिलाउन १० बुँदे प्रस्ताव तयार पारेका थिए। तर उक्त प्रस्ताव स्थायी कमिटीबाट अनुमोदन भइसकेको छैन ।

    यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक राखे पनि पटकपटक स्थगित गरिरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार