Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकाको बधाई


    बुधबार, असार ३० २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन् ।

    मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् ।

    उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताएका छन् । ‘नेपालको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएका शेरबहादुर देउवालाई बधाई एवं शुभकामना,’ राजदूत बेरीले बधाई दिँदै भने, ‘करिव ७५ वर्ष लामो मित्रतालाई सरकारदेखि जनतासम्म सबै तहमा विस्तार गर्न हामी उहाँसँग काम गर्न प्रतिक्षारत छौं ।’

    कांग्रेस सभापति देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवाले मंगलबार साँझ पदभार ग्रहण गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार