Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालुवाटारबाट बालकोट सर्दै ओली, एमाले कार्यकर्ताले स्कर्टिङ गर्ने


    बुधबार, असार ३० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज बालुवाटारस्थित सरकारी निवास छाड्दै छन् । आज बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । 

    एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन समेत आह्वान गरेका छन् ।

    बस्नेतका अनुसार दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको  छ । साथै कौशलटारदेखि बालकोटसम्म जनताले स्वागत गर्ने कार्यक्रम समेत रहेको छ । 

    गत सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।

    देउवा सरकारमा पुगेपछि ओली नेतृत्वको एमाले प्रतिपक्षी दल बनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार