काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्ति गर्दा संविधानको धारा ७६(५) अनुसार गरिएको शब्द नै उल्लेख नगरेपछि विवाद निम्तियो । सपथ खुवाउने कार्यक्रम नै साढे २ घन्टा बिलम्ब भयो । देउवाको नियुक्तिपत्रमा संविधानको धारा नै उल्लेख नगरेपछि सपथ नै नखान कानुन ब्यवसायीले सल्लाह दिए ।
मुख्यसचिव शंकरदास बैरागीलाई नवनियुक्त प्रधानमन्त्री देउवाले नियुक्तिपत्रको भाषा नसच्याएसम्म सपथ नखाने अडान लिएपछि कर्मचारीको भाषणमा धारा ७६(५) उल्लेख भए पनि लिखतमा अझै सच्याइएको छैन । नियुक्तिपत्रमा धारा उल्लेख नगरी राष्ट्रपति भण्डारीले जुन विवाद सृजना गरिन्, यसले उनको नियत सफा नदेखिएको पुष्टी भएको छ । नियुक्तिपत्रमा धारा उल्लेख नगरी विवाद उत्पन्न गराउने काम राष्ट्रपति भण्डारीबाट भएकाले सपथमा बिलम्ब भयो ।
सपथ खुवाइसकेपछि राष्ट्रपतिले नवनियुक्त प्रधानमन्त्रीलाई विभिन्न देशका राजदूत र अतिथिहरुसँग परिचय गराउने प्रचलन रहिआएको छ । यसअघि केपी ओलीलाई सपथ खुवाइसकेपछि भण्डारीले परिचय गराएकी थिइन् । तर देउवालाई सपथ खुवाउनासाथ राष्ट्रपति भण्डारी कार्यक्रमबाट हिंडेकी थिइन् । उनले नवनियुक्त प्रधानमन्त्रीलाई सपथ खुवाइसकेपछि देखाएको यस्तो कार्यले पदको गरिमालाई नै घटाउने काम गरेको टिप्पणी कार्यक्रममा सहभागीहरुले गरेका थिए ।
प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रममा बिशिष्ट अतिथिहरु उपस्थित भएका हुन्छन् । विदेशस्थित कूटनीतिक नियोगका प्रमुखहरु समेत हुन्छन् । राष्ट्रपतिले देउवालाई सपथ खुवाइसकेपछि जसरी हिंडिन् यसले पदीय गरिमाकै खिल्ली उडाइएको अर्थमा लिइइको छ । उनको बडील्याङ्वेजले पनि देउवालाई सपथ खुवाउनुपर्दा असहज महसुस भएको बताउँथ्यो । सपथलगत्तै उनी हिंडेपछि त झन् उनी देउवालाई प्रधानमन्त्री बनाउनुपर्दा खुसी नभएको कुरालाई झन् पुष्टी गरेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend