काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेशलाई पालना गर्दा पनि कपटपूर्ण काम गरेकी छन् । राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्रीको नियुक्तिपत्रमा संविधानको धारा समेत उल्लेख नगरेको बिषयमा विवाद भएपछि सपथ नै नलिने अडान शेरबहादुर देउवाले लिएका छन् ।
देउवालाई प्रधानमन्त्री नियुक्ति गरिएको पत्र सार्वजनिक भएपछि कानुनविदहरुले धारा उल्लेख नगरेकाले राष्ट्रपति कार्यालयले नसच्याएसम्म सपथ नलिन सल्लाह दिएपछि साँझ ६ बजे नै हुनुपर्ने कार्यक्रम सुरु नै हुनसकेको छैन ।
सपथका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शितल निवासमा पुगेका छन् । शितल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् । तर राष्ट्रपति कार्यालयले नियुक्तिको भाषा अझैसम्म सच्याएको छैन ।
नवनियुक्त प्रधानमन्त्रीको सपथ कार्यक्रममा साँझ ६ बजेदेखि नै शीर्षनेताहरु उपस्थित छन् । तर राष्ट्रपति कार्यालयले नियुक्तिको भाषा सच्याएर कार्यक्रम सुरु गरेको छैन । सपथ ग्रहण कार्यक्रममा ६ बजेदेखि आएका बिशिष्ट ब्यक्तिहरु पर्खिएको पर्खियै छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend