Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शपथका लागि शीतलनिवासमा देउवाकाे इन्ट्री


    मंगलबार, असार २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथका लागि शीतलनिवास पुगेका छन् ।

    केहीबेर अघि बूढानीलकण्ठस्थित निवासबाट निस्केका देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् । 

    सोमबार सर्वोच्च अदालतको परमादेशको बलमा प्रधानमन्त्री बनेका देउवालाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् ।

    देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार