Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रबि लामिछानेलाई अखिल अध्यक्ष महरको धम्की


    मंगलबार, असार २९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संचारकर्मी रबि लामिछानेलाई अदालतको फैसलाको बारेमा सामाजिक सन्जालमा टिप्पणी गरेकै आधारमा एमालेको केपी ओलीनिकट अनेरास्ववियुका अध्यक्ष ऎन महरले धम्की दिएका छन् । 

    अनेरास्ववियु केन्द्रिय कमिटीका अध्यक्ष ऐन महरले लामिछानेलाई सम्हालिएर जिम्बेवारी प्रस्तुत नगरे कानुन बमोजिम छिट्टै ठेगान लगाउने भन्दै चेतावनी समेत दिएका छन् । 

    लामिछानेले अदालतको आदेश नमान्ने ओली निकट युवासंघको घोषणापछि अदालतको आदेश नमान्न तिमीहरुको बाऊको शासन हो र भन्दै बिरोध गरेका थिए ।

    यसै बिषयलाई लिएर अध्यक्ष महरले सामाजिक संजालमार्फत् भनेका छन्- ‘रबि लामिछाने नामको अराजक र ब्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु, अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने नै छ, जस्तालाइ त्यस्तै जवाफ र व्यबहार अनेरास्ववियु ले राम्ररी जानेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार