Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महान्यायाधीवक्ता रमेश बडालले दिए राजीनामा


    मंगलबार, असार २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् ।

    आजदेखि ओली प्रधानमन्त्री नरहने भएकाले अाफूले पनि स्वभाविक रूपमा राजीनामा दिएकाे बडालले बताएका छन् ।

    तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेल २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त भएका थिए ।

    उनले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको  प्रतिनिधि सभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको विषयको बचाउ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार