Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिका सञ्चार विज्ञको कांग्रेस प्रवक्तालाई फोन : शपथको तयारी छ, देउवालाई जानकारी दिनुहोस्


    मंगलबार, असार २९ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ। 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विघटन सम्बन्धी सबै निर्णय बदर गर्दै नयाँ प्रधानमन्त्रीको रुपमा देउवालाई आज बेलुका ५ बजेभित्र नियुक्त गर्न परमादेश जारी गरेको थियो। 

    यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको हरेक कदममा साथ दिँदै आएकी राष्ट्रपति भण्डारीले अदालतको आदेश अनुसार देउवालाई शपथ नगराउने हो कि भन्ने आशंका व्यक्त भइरहेबेला राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालले कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई सोमबार साँझ टेलिफोन गरेर बाहिर हल्ला आएजस्तो कुनै द्विविधामा नपर्न आग्रह गरेको बताईएको छ। 

    देउवालाई प्रधानमन्त्रीको शपथ ग्रहण गराउने तयारी भइरहेको र त्यसबारे पार्टी सभापतिलाई जानकारी गराइदिन ढकालले प्रवक्ता शर्मालाई फोनमार्फत आग्रह गरेको प्रवक्ता शर्मा निकट स्रोतले बताएको छ ।

    ढकाललाई उदृत गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘शपथको तयारी भएको छ। सभापतिलाई जानकारी गराई दिनुहोस्। शपथ गराउने परामर्श भएको छ। बाहिर आएको हल्लाजस्तो कुनै कन्फ्युजन नरहोस्।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार