Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेरिसडाँडामा माओवादी स्थायी कमिटीको बैठक, श्रेष्ठ, महरा र शर्मा मन्त्री बन्दै


    मंगलबार, असार २९ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले स्थायी कमिटीको बैठक डाकेको छ। 

    माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन स्थायी कमिटीको बैठक डाकिएको हो। 

    बैठक अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। माओवादी केन्द्रका नेताहरुका अनुसार माओवादीका तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टीले अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

    स्रोतका अनुसार नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र जनार्दन शर्माको नाम चर्चामा छ। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन श्रेष्ठलाई प्रचण्डले मन्त्री बनाउने सम्भावना बढी रहेको प्रचण्ड निकट स्रोतको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार