Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले बोलाए स्थायी समिति बैठक, माधव नेपाल पक्षद्वारा स्थगित गर्न आग्रह


    मंगलबार, असार २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको सोमबारको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवासमा स्थायी समितिको बैठक बोलाइएको छ ।

    बैठकमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई पनि बोलाइएको छ । तर आजको बैठक स्थगित गरी अर्को दिन राख्नका लागि नेता नेपालसहितका नेताहरुले आग्रह गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेश अनुसार आज विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पदको सपथ लिने भएकाले पनि बैठक अर्को दिनका लागि सार्न आग्रह गरेको छ । माधव नेपाल समूहका नेताहरुको अनौपचारिक बैठक बसेर आजको स्थायी समिति बैठक स्थगित गर्न अनुरोध गर्ने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार