Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • फैसला भएको २० घन्टा बितिसक्दा पनि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गरेनन् 


    मंगलबार, असार २९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार दिउँसो १ बजे २८घन्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको २० घन्टा  बितिसकेको छ । सर्वोच्चको आदेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपराह्न ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ । तर २० घन्टा बितिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेका छैनन् ।

    प्रधानमन्त्री ओली सोमबार बेलुका राष्ट्रपति भण्डारीलाई भेट्न गएका थिए । उनी राष्ट्रपतिकोमा राजीनामा दिन गएको अनुमान गरिएको थियो । तर उनले राजीनामा गरेको अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

    यसैबीच, आज दिउँसो १ बजे ओलीले एमालेको स्थायी समिति बैठक बोलाएका छन् । स्थायी समिति बैठकपछि उनले राजीनामा दिने अनुमान गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार