Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँचौं पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै देउवा, आजै मन्त्रिपरिषद्को विस्तार गर्ने तयारी


    मंगलबार, असार २९ २०७८
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । यो सँगै सभापति देउवा पांचौं पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। 

    सोमबार सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।

    उच्चस्तरीय स्रोतका अनुसार देउवाले आजै सानो मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन्। सर्वोच्च अदालतको निर्णय अनुसार प्रधानमन्त्री बन्न लागेका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

    सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार