Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको १० बुँदे सहमति अलपत्र 


    सोमबार, असार २८ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान कार्यदलले आइतबार गरेको सहमति लागू नै नहुने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसहित स्थायी कमिटी बैठक राखी सहमति अनुमोदन गर्नका लागि आज बेलुका ५ बजे बैठक बोलाइएको थियो । तर सोमबार दिउँसो सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि माधव नेपालले त्यसको स्वागत गरिसकेका छन् । नेपालले मृत्युशैयामा पुगेको संसद ब्यूँतिएको भन्दै सर्वोच्चको आदेशको स्वागत गरेका छन् ।

    नेता नेपालले फैसलाको स्वागत गरेपछि आइतबार एमालेको कार्यदलले गरेको सहमति लागू हुने संभावना न्यून देखिएको छ । कार्यदलले गरेको सहमतिप्रति नेता नेपालले असहमति जनाइसकेका छन् । नेता नेपालले असहमति जनाइसकेको र देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरकै आधारमा फैसला समेत आइसकेकाले एमाले कार्यदलको सहमति लागू हुने संभावना पनि टरेको छ ।  सहमति गरेको भोलिपल्टै प्रधानमन्त्री केपी ओली समूहबाट माधव नेपालसहितको विपक्षी गठबन्धनका बिरुद्ध अशिष्ट टिप्पणी सुरु भइसकेको थियो । 

    माधव नेपाल समूहको नाममा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, भीम आचार्यहरुले सहमति गरे पनि राजेन्द्र राई, जगन्नाथ खतिवडा जस्ता नेताहरुले बिरोध गरेका छन् । सहमतिका नाममा ओलीसँग आत्मसमर्पण गरेको टिप्पणी राजेन्द्र राईले गरेका छन् ।

    सर्वोच्चको फैसला आइसके पनि एमाले अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक सोमबार बेलुका बोलाएका छन् । सहमति अनुमोदन गर्न बोलाइएको स्थायी कमिटी बैठकले अदालतको फैसलाको बारेमा समीक्षा गर्नुपर्ने भएको छ । 

    यस्तो छ १० बुँदे सहमतिः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार